नेपाली सेनाको प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त

काठमाडौं । नेपाली सेनाको प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले २४ भदौदेखि लागू हुने गरी सिग्देललाई प्रधान सेनापतिमा नियुक्त गरेको हो ।

उनलाई संविधानको धारा २६७ को उपधारा ५ बमोजिम प्रधान सेनापतिमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल भदौ २४ गते समाप्त हुँदैछ । कार्यकाल समाप्त हुनु एक महिनाअघि उनी बिदामा बसेका थिए ।

हाल सिग्देलले नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हालदै आएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स