हिमालयन डिष्टिलरीको नाफा २१ करोड १२ लाख, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २१ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.७० प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १८ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले कम्पनीको बिक्री आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी २६.९३ प्रतिशत बढेको छ ।

कम्पनीको सञ्चालनबाट कुल आम्दानी १७.९७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ११.९८ प्रतिशत बढेको छ । खुद नाफा बढेपनि कम्पनीको प्रतिसेयर आम्दानी भने घटेको छ ।

समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३२ रुपैयाँ २३ पैसा घटेर ९७ रुपैयाँ ४० पैसामा झरेको छ। कम्पनीले ५० प्रतिशत बोनस सेयर वितरण गरेका कारण यस्तो आम्दानी घट्न पुगेको हो ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ५० प्रतिशत बढेको छ । जगेडा कोष पनि ५६.२७ प्रतिशत बढेको छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ २५५ रुपैयाँ ३७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७०.८३ गुणा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स