नाडा अटो शोमा केइ को ३ ओटा मोडल सार्वजनिक

काठमाडौं । नेपालको लागि केइ अटो मोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले ३ ओटा मोडल सार्वजनिक गरेको छ ।

आज नाडा अटो शो २०२४ को पहिलो दिन आफ्नो स्टल नं एच–१६ बाट अर्थमन्त्री विष्णुप्रसाद पौडेल बाट आफ्नो ३ ओटा मोडल सार्वजनिक गर्दै बूकिङ खुल्लाएको हो । यी तीन मोडल e-Qute 02, e-Qute 04 र इलेक्ट्रीक एसयूभ X3 Pro EV रहेका छन् ।

e-Qute 02 मोडल दुई भेरिएन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ,जस्मा २०० कि.मी रेन्ज दिने भेरिएन्टलाई १९ लाख ९६ हजार मुल्य कायम गरिएको छ भने ३०० कि.मी भेरिएन्टको मूल्य २२ लाख ९६ हजार रहेको छ । E-Qute 02 मा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क ११० एनएम छ ।

त्यसैगरी e-Qute 04, ३०० कि.मी रेन्ज को मूल्य २४ लाख ९६ हजार छ । E-Qute 04 मा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क ११० एनएम छ ।

त्यसैगरी तेस्रो मोडल X3 Pro EV इलेक्ट्रीक एसयूभी, डिलक्स र फ्ल्यागसिप भेरिएन्ट उपलब्ध छ । डिलक्स भेरिएन्टको मूल्य ४६ लाख ९६ हजार र फ्ल्यागसिप भेरिएन्टको ४८ लाख ९६ हजार रुपैयाँ रहेको छ । यसमा ५३.६ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र १२० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क २८० एनएम छ ।

यस नाडा स्पेसल अफर अन्तर्गत केइ गाडी को खरिद मा ग्राहक ले ७।३ किलोवाट को वाल माउन्टेड चारजर, साथै १ वर्षको लागि निःशुल्क सवारी वीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स