नयाँ सरकार र मौद्रिक नीतिले सेयरबजारसहित समग्र क्षेत्र सुधारमा उत्साह देखिएको छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नयाँ सरकार बनेसँगै समग्र अर्थतन्त्र चलयमान बनेको बताएका छन्। शुक्रबार नेपाल उद्योग तथा व्यवसायी संघले काठमाडौंमा आयोजना गरेको र्काक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

उनले खासगरी, नयाँ सरकार र मौद्रिक नीतिले सेयरबजारसहित समग्र क्षेत्र सुधारमा उत्साह देखिएको बताए।

‘सरकारले अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आयोग बनाउने विषय स्वागत योग्य छ। यो हामीले लामो समयदेखि उठाउदै आएको विषय हो’ अध्यक्ष ढकालले भने, ‘सरकारको यो तत्परताले निजी क्षेत्रमा आत्मबल बढेर गएको छ।’

लगानी सम्मेलनका समयमा कानुन निर्माण गर्न र परिवर्तन गर्न सबै दल तयार भएको विषयले निजी क्षेत्रलाई प्राथमिकतामा दिएको आवास भएको उनले बताए। ‘सेयर बजार उत्साहित भएको छ भने घरजग्गा कारोबार पनि बढ्दै गएको छ,’ अध्यक्ष ढकालले भने, ‘निजी क्षेत्र सँकुचित बन्दा रोजगारी र अर्थतन्त्रमा असर परेको थियो। तर, अब यो समग्र विस्गय सुदृढीकरणको बाटोमा अगाडि बढेका छन्।’

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले पछिल्लो समय निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्ने विषय आएको भन्दै यो निजी क्षेत्रलाई अड्काउने विषय भएको बताए।

दर्जन बढी निकायले निजी क्षेत्रमाथी यस अघि नै अनुसन्धान गरिरहेको उनले उल्लेख गरे। ‘निजी क्षेत्र सरकारप्रती निकै आशावादी छ। विभिन्न नियामकिय व्यवस्थाका कारण आज पनि निजी क्षेत्रलाई अड्काउने काम भइरहेको छ,’ अध्यक्ष अग्रवालले भने।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स