नेपाली सेनाको अधिकृत क्याडेट पदमा २८० जनाको लागि भर्ना खुल्यो (सूचना सहित)

काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदमा नयाँ भर्ना खुलाएको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, जंगी अड्डाले २८० जनाबाट अधिकृत क्याडेटका लागि दरखास्त आह्वान गरेको हो ।

जसमा खुलाबाट १४७ जना, शारीरिक रूपमा अशक्त र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततीबाट १४ जना, महिला २४ जना, आदिवासी जनजाती ३८ जना, मधेसी ३३ जना, दलित १८ जना र पिछडिएको क्षेत्रबाट ६ जना गरी जम्मा २८० जनाबाट दरखास्त आह्वान गरेको हो ।

इच्छुक नेपाली नागरिकले आवश्यक पर्ने कागजात सहित असोज ५ गतेसम्म र दोब्बर दस्तुर तिरी असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स