हुन्डाईको फेष्टिभ डिलाइट २०८१ सार्वजनिक, १० लाख सम्मको नगद छुट

काठमाडौं । हुन्डाई गाडीको लागि नेपालका आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. दशैं-तिहार लक्षित फेष्टिभ डिलाईट २०८१ योजना सार्वजनिक गरेको छ ।

आफ्ना ग्राहक महानुभावहरुको दशैं तिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन हुन्डाईले विगतका वर्षहरुमा गाडीका साथै अन्य आकर्षक उपहारहरु दिँदै आएको छ । यस वर्ष पनि यहि परम्परा कायम राखि १ जना भाग्यमानीले हुन्डाई मेड इन नेपाल हुन्डाई भेन्यु लक्की ड्र मार्फत प्राप्त गर्न सक्नेछन् । हुन्डाईको चाड पर्व लक्षित योजना नेपाली अटोमोवाइल बजारमा सबैभन्दा बहुप्रतिक्षित योजना मानिदै आएको छ ।

हुन्डार्ड फेष्टिभ डिलाइट २०८१ अन्तर्गत कुनैपनि हुन्डाई गाडीको खरीदमा १० लाख सम्मको आकर्षक नगद छुट, स्क्राच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुटका साथै १ वर्षको लागि निःशुल्क सवारी वीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् । आफ्ना ग्राहकहरुको सन्तुष्टिको निमित्त हुन्डाईले सदैव समय सापेक्षिक ग्राहक लक्षित योजनाहरु सार्वजनिक गर्दै आइरहेको छ ।

आउँदै गरेको ११ गते सुरु हुने नाडा अटो शो २०२४ मा बुकिङ गर्ने ग्राहकहरुले पनि यस योजना बाट लाभान्वित हुन सक्नेछन। नाडा अटोशो २०२४ मा हुन्डाईको A*2 स्टल भ्रमण गरेर सम्पूर्ण महानुभावहरुले हुन्डाईका विभिन्न उत्पादनहरुको अवलोकन गरी आफ्ना जिज्ञासाहरु पनि मेट्न सक्नेछन् । सबैै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ उपलब्ध छ । यो योजना मंसिर २२ (छठ पर्व) सम्म लागू हुनेछ ।

यसै अवसरमा हालै चलिरहेको ‘हुन्डाई टेष्ट ड्राइभ एण्ड वीन’ क्याम्पेन अन्तर्गत ग्राहकहरूले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा गई हुन्डाई गाडी को लाइनअपहरू मध्यबाट भर्खरै लन्च गरिएको नयाँ हुन्डाई क्रेटा र मेड इन नेपाल हुन्डाई भेन्यु टेस्ट ड्राइभ गरी आकर्षक उपहारहरु हात खाली नहुने गरी प्राप्त गर्न सक्नु हुनेछ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपाल भरी १६ शोरुमहरु, १९ सर्भिस सेन्टरहरु तथा ४३+ चारजिङ पोइन्ट मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमावाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडांै ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स