नागढुंगामा पहिरो खस्दा काठमाडौं भित्रिने र बाहिरिने सबै सवारीसाधान ठप्प

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगामा पहिरो खस्दा अहिले सो क्षेत्रमा यातायात सेवा अवरुद्ध भएको छ ।

पहिरो खसेका कारण सडक आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार नागढुंगा चोकबाट केही मिटर पर नागमन्दिर नजिकै पहिरो खसेको हो । काठमाडौं भित्रिने र बाहिरिने सबै सवारीसाधान ठप्प छन् । अहिले सो क्षेत्रमा पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले यातायात सेवा ठप्प छ ।

नागढुंगामा खटिएको प्रहरीले काठमाडौंबाट जाने सवारी साधन नागढुंगामै रोकेको छ भने आउने सवारीसाधान पिप्लामोडभन्दा तलै रोकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स