काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य घटाएको छ । आइतबार बसेको संघको बैठकले असार २८ गतेमा तोकेको अण्डाको मूल्य भोलि सोमबारदेखि लागु हुनेगरि घटाएको हो ।
जसअनुसार, एक्सल साइज अण्डाको मूल्य प्रतिक्रेट ५ सय रुपैयाँ, ठूलो अण्डाको प्रतिक्रेट मूल्य ४८५ रूपैयाँ र मिडियम अण्डाको प्रतिक्रेट मूल्य ४१५ रुपैयाँ तोकेको छ ।
यसअघि एक्सएल साइजको अण्डाको मूल्य प्रतिक्रेट ५३० रुपैयाँ, ठूलो अण्डा प्रतिक्रेट ५१० रुपैयाँ, मिडियम साइजको अण्डा प्रतिक्रेट ४९० रुपैयाँ तोकेको थियो ।