साल्ट ट्रेडिङ कर्पोरेशनको नाफा ६ करोड २१ लाख, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

गत वर्षको असार मसान्तसम्ममा कम्पनीले ६ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आथिृक वषृको सोहि अवधिका तुलनामा १९.७७ प्रतिशतले कम हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले ७ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ५२ प्रतिशतले बढेर १३ अर्ब ३५ करोड रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले ८ अर्ब ७८ करोड रुपैयाँ बिक्री आम्दानी गरेको थियो ।

कम्पनीको अन्य आम्दानी ३ करोड ४९ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको सोहि अवधिमा कम्पनीको अन्य आम्दानी ४ करोड ३९ लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीले १ अर्ब ८ करोड ७५ लाख रुपैयाँ कुल नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ९५ करोड ५८ लाख रुपैयाँ कुल नाफा आर्जन गरेको थियो ।

कम्पनीको प्रशासनिक खर्च १३ करोड ८३ लाख रुपैयाँ र कर्मचारी खर्च २९ करोड ७० लाख रुपैयाँ गरेको छ । समिक्षा अवधिमा कम्पनीले ५८ करोड रुपैयाँ ब्याज खर्च गरेको छ ।

३२ करोड ७ लाख रुपैयाँ चुक्त पुँजी रहेको कम्पनीको जगेडा कोष १ अर्ब ४१ करोड ४३ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २८.२६ रुपैयाँबाट घटेर १९.७१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३९७.६२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २४८.८४ गुणा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स