काठमाडौं । नेपाल टेलिकमको रिचार्ज र प्याकेज खरिद सेवा ४ घण्टा अवरुद्व हुने भएको छ ।
कम्पनीले एक सूचना जारी गर्दै ग्राहक सेवा प्रणाली स्तरोन्नती गर्न लागेकाले आज राति ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा प्रभावित हुने जनाएको हो।
कम्पनीले उक्त सेवा आज साउन ३२ गते राति ११ बजेदेखि करिब चार घण्टा सेवा प्रभावित हुने जनाएको छ ।
कम्पनीले ग्राहक सेवा प्रणालीको स्तरोन्नती कार्य नियमित भएको पनि बताएको छ । यसबाट ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति टेलिकमले क्षमासमेत मागेको छ ।
नेपाल टेलिकमले सेवा सम्बन्धी समस्याका लागि सदाझैं १४९८ र १९८ मा डायल गर्न पनि अनुरोध गरेको छ ।