वित्तीय खर्च बढ्दा कालिञ्चोक दर्शनको आम्दानी ८ करोड ५४ लाख रुपैयाँ

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले गत आर्थिक वर्षमा ८ करोड ५४ लाख रुपैयाँ आम्दानी गरेको थियो। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.२२ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको आम्दानी ६ करोड ९३ लाख रुपैयाँ थियो।

गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीको खुद नाफा भने ७.७५ प्रतिशत बढेको छ । अघिल्लो आर्थिक वर्षमा २ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले गत आर्थिक वर्ष २ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको वित्तीय खर्च बढेका कारण खुद नाफामा दबाब पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २२.३२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १०.३८ प्रतिशत बढेको छ । कम्पनीको वित्तीय खर्च समीक्षा अवधिमा २१.७३ प्रतिशत बढेको छ ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३२ पैसा बढेर ४ रुपैयाँ ४७ पैसा पुगेको छ । सो अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ ७५ पैसा रहेको छ ।

५९ करोड ६३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७७ लाख ७३ हजार रुपैयाँ मात्र सञ्चित छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स