‘नाडा अटो शो २०२४’ भदौ ११ गतेदेखि १६ गतेसम्म चल्ने, ७५ हजारले अवलोकन गर्ने अपेक्षा

काठमाडौं । नेपाल अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले ‘नाडा अटो शो २०२४’ सञ्चालन गर्ने भएको छ । बुधबार नाडाले एक पत्रकार सम्मेलन गरि यस वर्षको ‘नाडा अटो शो २०२४’ भदौ ११ गतेदेखि १६ गतेसम्म भृकुटीमण्डपमा आयोजना गर्ने जनाएको हो ।

उक्त प्रदर्शनीमा ९५ प्रदर्शकहरू सहभागी हुनेछन्, जसले १३० स्टलहरूमा आफ्ना उत्पादनहरू र सेवाहरू प्रदर्शन गर्नेछन्।

नाडा अटो शोमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, महालक्ष्मी विकास बैंक, सानिमा बैंक र माछापुच्छ्रे बैंकले भाग लिने आयोजक नाडाले जनाएको छ । यी बैंक तथा वित्त कम्पनीहरूले आकर्षक स्किमसहित अटो शोमा सवारी खरिद गर्ने ग्राहकहरूलाई सहज फाइनान्सिङको सुविधा प्रदान गर्नेछन् ।

यस पटकको नाडा अटो शोमा २४ वटा ब्राण्डका चारपांग्रे सवारी, १९ ब्राण्डका दुईपांग्रे र १२ ब्राण्डका हल्का लाइट सवारीसाधन प्रदर्शनसँगै विभिन्न अटोमोबाइल कम्पोनेन्ट, टायर, ट्युव, लुब्रिकेन्ट तथा एसोसरिजका स्टलहरू रहने आयोजक नाडाले बताएको छ ।

नाडा अटो शो २०२४’ घोषणा गर्दै आयोजक नाडाले अटो शोमा भाग लिने कम्पनीहरूका लागि प्रि–स्टल बुकिङ समेत खुल्ला गरिसकेको छ ।

६ दिनसम्म चल्ने उक्त प्रर्दशनीमा करिब ७५ हजारले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स