शुशील भट्टको कार्यकाल सकिएसँगै लगानी बोर्डमा नयाँ सीईओ माग

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अघिकृत (सीईओ) शुशील भट्टको कार्यकाल सकिएसँगै नयाँ व्यक्ति माग भएको छ । बोर्डको सीईयोको लागि आवेदन खुल्ला गरिएको हो ।

भट्टको कार्यकाल यहि साउन २१ गते सकिएको हो ।
आज एकसूचना जारी गर्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सीईओपदका लागि निवेदन आब्हान गरेको हो ।
सार्वजनिक निजी साmभेदारी तथा लगानी ऐन २०७५ को दफा १२ को उपदफा (५) बमोजिम नियुक्तिका लागि सिफरिस समति गठन भएको छ । उक्त समितिले निदेवद आब्हान गरेको छ ।

समा आवश्यक योग्यताहरु तोकिएको छ ।
शैक्षिक योग्यता र अनुभव मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्यशास्त्र, कानून, इन्जिनियरिङ्ग वा विकास सम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनपर्ने उल्लेख गरेको छ । त्यसका साथै परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक निजी साझेदारी, लगानी प्रवद्र्धन, विकास प्रशासन, बैंकिङ, वित्तीय क्षेत्र वा औद्योगिक व्यवस्थापनको क्षेत्रमा कम्तीमा दश वर्षको व्यवस्थापकीय अनुभव हासिल गरेका हुनपर्ने छ ।
निवेदन दिने अन्तिम मितिसम्ममा पैंतीस वर्ष उमेर पूरा भएको र पैसठ्ठी वर्ष ननाघेको हुनपर्ने छ ।

विदेशी राष्ट्रको स्थायी आवासीय अनुमतिपत्र नलिएको र अन्य प्रचलित कानूनले अयोग्य नभएको व्यहोरा लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि सिफारिस सम्बन्धी कार्यविधि, २०८१ को अनुसूची २ बमोजिम स्वघोषणा गरेकोहुनपर्ने छ । ईच्छुक निवेदक व्यक्तिहरूले कागजातहरूको प्रमाणित प्रति संलग्न गर्नुपर्नेछ ।
जसमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,योग्यता, अनुभव र सम्पर्क ठेगाना खुल्ने व्यक्तिगत विवरण , शैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपि (विदेशी शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधि भएमा समकक्षताको प्रमाणपत्र पेश गर्नुपर्नेछ ) ।

अनुभव खुल्ने प्रमाणको प्रतिलिपिसमेत पेश गर्न भनिएको छ ।

पाँच हजार शब्दसम्मको नेपाली भाषामा तयार गरिएको रणनीति र कार्ययोजना,
हालसालै खिचेको पासपोर्ट साइजको फोटो दुई प्रति ।
निवेदन पेश गर्ने अन्तिम म्यादः सूचना प्रकाशन भएको मितिले पन्ध्र दिन रअन्तिम दिन विदा परेमा सोको भोलिपल्ट कार्यालय समय भित्र बुझाउनुपर्ने छ ।

निवेदन बुझाउने स्थानः सिफारिस समितिको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामाजिक तथा भौतिक पूर्वाधार विकास महाशाखा, सिंहदरवारमा बुझाउनु्पर्ने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स