एनआईसी एशिया लघुवित्तको नाफा ३२.८२ प्रतिशतले घट्यो, अन्य सूचक कस्ता ?

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले १२ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलानामा ३२.८२ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १८ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी ९८ करोड ८७ लाख रुपैयाँ, सञ्चालन मुनाफा २१ करोड १२ लाख रुपैयाँ र वितरणयोग्य नाफा ४३ करोड ६० लाख रुपैयाँ छ । वितरणयोग्य नाफाका आधारमा लघुवित्तको लाभांश क्षमता २५.०७ प्रतिशत छ ।

कम्पनीले खुद ब्याज आम्दानी ९५ करोड १६ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले १ अर्ब ८ करोड ४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

लघुवित्तको खराब कर्जा ६.२७ प्रतिशतबाट बढेर ९.९२ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ र जगेडा कोष ७५ करोड रुपैयाँ सञ्चित छ ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १०.८८ रुपैयाँबाट घटेर ७.३१ रुपैयाँमा झरेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १६८.१९ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ९६.४७ गुणा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स