नागरिक लगानी कोषको नाफा १ अर्ब १० करोड, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले १ अर्ब १० करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ९.९१ प्रतिशतले कम हो ।अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब २२ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कोषको कुल आम्दानी ५.२५ प्रतिशत बढेर १ अर्ब ९२ करोड ४९ लाख रुपैयाँ गरेको छ भने कुल खर्च २.७२ प्रतिशत बढेर ४५ करोड ५० लाख रुपैयाँ पुगेको छ ।

कोषको ब्याज आम्दानी १९.५५ प्रतिशत बढेर ४४ करोड २५ लाख रुपैयाँ, सेवा शुल्क तथा कमिशन आम्दानी १.३८ प्रतिशत बढेर १ अर्ब ४१ करोड १२ लाख रुपैयाँ पुगेको छ ।

कोषको चुक्ता पुँजी ५ अर्ब ३१ करोड ३७ लाख रुपैयाँ र जगेडा कोष ३५.७९ प्रतिशत बढेर १८ अर्ब १५ करोड ३८ लाख रुपैयाँ सञ्चित छ ।

त्यस्तै, कम्पनकिो प्रतिसेयर आम्दानी (ईपीएस) २.२८ रुपैयाँले घटेर २०.७५ रुपैयाँमा झरेको छ भने प्रतिसेयर नेटवर्थ १७१.४५ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स