नेपाल बैंक र नेपाल प्रहरीबीच बैंकिङ कारोबार गर्ने सम्झौता

काठमाडौं । नेपाल बैंक र नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखा बीच बैंकिङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

प्रहरी प्रधान कार्यालय नक्साल, काठमाडौंमा गत साउन २२ गते भएको सम्झौतामा नेपाल बैंकका प्रमुख वित्त अधिकृत प्रकाश कुमार अधिकारी र नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक रेवती ढकालले हस्ताक्षर गरेका छन् ।

सो सम्झौता बमोजिम नेपाल प्रहरी अन्तर्गतका विद्यालयहरूमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले सहुलियतसहितको विभिन्न सुविधा रहने तलब खाता खोली बैंक नियमानुसार बिनाधितो कर्जा तथा अन्य बैंकिङ सुविधा पाउन सक्ने कम्पनीले बताएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स