महाशाखा प्रमुख र संस्थान प्रमुखको जिम्मेवारी दिन मन्त्रीहरुलाई हतार, प्रधानमन्त्रीले रोके

काठमाडौं । नयाँ सरकार बनेपछि ठूलो संख्यामा सचिव सरुवा भैसकेको छ । एक पछिक २१ जना सचिवको सरुवा भएको हो ।

अब मन्त्रालयहरुमो महाशाखा प्रमुखहरु तथा विभिन्न निकायमा रहने सहसचिवहरुको सरुवाको तयारी छ । नयाँ सरकारमा समावशे भएका मन्त्रीहरुले सहसचिवहरु सरुवाको लागि निकै चासो समेत राखिरहेका छन् ।

मन्त्रीहरुले आफ्ना अनुकुलका सहसचिवहरुलाई मन्त्रालय ल्याउन सिफारिस समेत गरिसकेका छन् । तर त्यसको लागि प्रधानमन्त्रीले नै हतार नगरेको बुझिएको छ ।

मन्त्रीहरुले संघीय मामिला तथा सामाज्य प्रशासन मन्त्रालयमा सहसचिवहरुको मौखिक लिष्ट समेत टिपाएका छन् ।
तर प्रधानमन्त्रीले नै रोक्न भनेको पाईको हो ।

प्रधानमन्त्रीले सहसचिवहरुको सरुवामा हतार नगर्न भनेका हुन् ।
त्यस्तै गरि संस्थानका कार्यकारी प्रमुखको नियुक्ति सुमेत प्रधानमन्त्री केपी शर्मा ओलीले रोकेका छन् । आवेदन माग गरेर ३ जनाको नाम नै सिफरिस भैसकको संस्थानको समेत उनले नियुक्ति प्रक्रिया रोकेका छन् ।

सहसचिवहरुलाई महाशाखा प्रमुख, विभागको महानिर्देशक , कार्यालय प्रमुख दिन समेत प्रधानमन्त्रीले चासो राख्दै आएका छन् ।

गृहमन्त्रालय र अर्थमन्त्रालय मतहतको सहसचिवहरुको सरुवामा बढि चासो मन्त्रीहरुको रहेको छ । यहि दुई मन्त्रालयमा प्रधानमन्त्री ओलीको समेत निगरानी रहेको छ ।

यस अघिको सरकारले राखेका कर्मचारी फेरबदल हुने पक्का रहे पछि प्रधानमन्त्री ओलीले नै केहि व्यक्तिको लिष्ट पठाउन बाँकी रहेको बुझिएको हो । त्यसका साथै सत्ताधारी दल एमाले र कांग्रेसको समेत भागबण्डा बाँकी रहेको छ । जसकारण अघिको बैंठकमा सरुवा र नियुक्तिको कुनै विषय नै नउठेको पाइएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स