युनिक नेपाल लघुवित्तको नाफा २२.८८ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघ्वित्तले ४ करोड ७९ लाख ५३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलानामा २२.८८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तले ३ करोड ९० लाख २४ हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा लघुवित्तले २५ करोड ५१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो अघिल्लो आवको तुलानामा ६.५६ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिमा लघुवित्तले २६ करोड ७५ लाख ९८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

लघुवित्तले १७ करोड ११ लाख ६६ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ । यो अघिल्लो आवको सोहि अवधिको तुलानामा ८१.४५ प्रतिशतले बढी हो । अघिल्लो आवमा लघुवित्तको सञ्चालन नाफो ९ करोड ४३ लाख ३१ हजार रुपैयाँ रहेको थियो ।

लघुवित्तको कुल सञ्चालन आम्दानी २.२१ प्रतिशतले घटेर ३१ करोड १२ लाख ७१ हजार रुपैयाँ कायम भएको छ । इम्पेयरमेन्ट चार्ज ८७.९० प्रतिशतले घटेर १ करोड १६ लाख ११ हजार रुपैयाँमा झरेको छ ।

समिक्षा अवधिमा लघुवित्तको खुद सञ्चालन आम्दानी ३४.७७ प्रतिशतले बढेर २९ करोड ९६ लाख ५९ हजार रुपैयाँ पुगको छ । अघिल्लो वर्ष लघुवित्तको खुद सञ्चालन आम्दानी २२ करोड २३ लाख ४३ हजार रुपैयाँ मात्रै थियो ।

त्यस्तै, सञ्चालन खर्च ०.३८ प्रतिशतले बढेको छ भने वितरणयोग्य मुनाफा १८ करोड ६५ लाख ५१ हजार रुपैयाँ रहेको छ । कम्पनीको खराब कर्जा १४.७१ प्रतिशतबाट घटेर १२.७४ प्रतिशतमा झरेको छ ।

१४ करोड ८५ लाख ७५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भको आकार २८.५१ प्रतिशतले बढेर १९ करोड ५५ लाख ४३ हजार रुपैयाँ पुगको छ ।

कम्पनीको रिटेन्ड अर्निङमा १५ करोड २६ लाख ८९ हजार रुपैयाँ रहेको छ । निक्षेप संकलन ०.९९ प्रतिशतले घटेर २ अर्ब ४८ करोड ३२ लाख रुपैयाँ कायम भएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २६.२७ रुपैयाँबाट बढेर ३२.२८ रुपैयाँ पुगेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ ३३४.३८ रुपैयाँ रहँदा मूल्य आम्दानी अनुपात ६७.४२ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स