नेपालमा चलिरहेका ७०० होन्डा कारको एयरब्यागमा समस्या, सम्पर्क राख्न कम्पनीको आग्रह

काठमाडौं । नेपालमा चलिरहेका ७०० होन्डा कारमा एयरब्यागमा समस्या देखिएको छ । नेपालमा होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले होन्डाका निश्चित मोडलहरूमा एयरब्यागमा समस्या देखिएको बताएको छ ।

एयरब्यागमा समस्या देखिएपछि कम्पनीले ती एयरब्यागहरु परिवर्तन गर्ने योजना बनाएको छ ।

सन् २००१ र २०१४ को बीचमा नेपालमा बिक्री भएका सिटी, सिभिक, सीआरभी, ज्याज, इनसाइट, स्ट्रिम र एकर्ड कारहरूको टकाटा एयरब्यागहरू फिर्ता गरिने छ।

यी मोडलहरूमा एयरब्यागहरू निःशुल्क परिवर्तन गरिने होन्डा कारका सर्भिस म्यानेजर बिनम श्रेष्ठले बताए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स