काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई जना सदस्य नियुक्त भएका छन्। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले महेन्द्र बहादुर गुरुङ र देवेन्द्र कार्कीलाई प्राधिकरणको सञ्चालकमा नियुक्त गरेको हो।
आइतबार सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्य पदमुक्त भएसँगै गुरुङ र कार्की नियुक्त भएका हुन्।
यसअघि कार्की पूर्व ऊर्जा सचिव थिए भने गुरुङ ऊर्जा विज्ञ हुन् ।
प्राधिकरण र उद्योगीबीचको विवादमा बक्यौता नउठाई ६ वटा उद्योगको लाइन पुनः जोड्न नहुने भन्दै पुन र आचार्यले सञ्चालक समिति बैठकमा नोट अफ डिसेन्ट लेखेका थिए।
डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल सरकार तथा विद्युत् नियमन आयोगले दिएको निर्देशन कार्यान्वयन गर्न असहयोग गरेको भन्दै गत १६ साउनमा दुवै जनालाई मन्त्री खड्काले स्पष्टीकरण सोध्ने निर्णय गरेका थिए । उनीहरूले पेश गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै १८ साउनमा मन्त्री खड्काले दुवै जनालाई पदमुक्त गर्ने निर्णय गरेका हुन् ।