काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्ममको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
लघुवित्तले असारमसान्तसम्ममा ५१ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ३२.३४ प्रतिशतले कम हो । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा ७५ लाख ८२ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी भने ४.७८ प्रतिशतले बढेर २ करोड २ लाख ६४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले १ करोड ९३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
७९ लाख ५६ हजार रुपैयाँ सञ्चालन घाटा रहेको यसको असारसम्म आइपुग्दा बढेर २ करोड ३० लाख रुपैयाँ भएको छ । जसले कम्पनीको खुद नाफामा प्रत्यक्ष असर पर्न गएको छ ।
कम्पनीको सञ्चालन मुनाफा भने २ करोड ३० लाख रुपैयाँ रहेको छ ।
कम्पनीको निक्षेप संकलन १४ करोड ४६ लाख रुपैयाँबाट बढेर १६ करोड ५ लाख रुपैयाँ पुगेको छ । संस्थाले कर्जा प्रवाह पनि ३९ करोड ९९ लाख रुपैयाँबाट बढाएर ४४ करोड २७ लाख रुपैयाँ पुर्याएको छ ।
समीक्षा अवधिसम्म संस्थाको खराब कर्जा अनुपात ४.८२ प्रतिशत कायम भएको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) २२.४५ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ भने २२९.९७ रुपैयाँ रहेको छ ।
कम्पनीको चुक्ता पुँजी २ करोड २८ लाख रुपैयाँ रहेको छ ।