नेपाल फाइनान्सको नाफा १०.०१ प्रतिशतले घट्यो, अन्य सूचक कस्ता ?

काठमाडौं । नेपाल फाइनान्सले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले असारमसानतसम्ममा १ करोड ८१ लाख रुपैयाँ खुदा नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलानामा १०.०१ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी ११ करोड ७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ९ करोड २४ लाख १ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

कम्पनीको कुल सञ्चालन आम्दानी ३५ प्रतिशत बढेर १५ करोड २३ लाख ६५ हजार रुपैयाँ, सञ्चालन मुनाफा १० प्रतिशत बढेर २ करोड २८ लाख ८३ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको नेट फि एण्ड कमिशन इनकम ७८ प्रतिशत बढेर १ करोड २७ लाख ८२ रुपैयाँ पुगेको छ । कम्पनीको वितरणयोग्य नाफा भने २० करोड ८२ लाख २९ हजार रुपैयाँ ऋणात्मक छ ।

समीक्षा अवधिसम्ममा कम्पनीको जगेडा कोषमा ४३ करोड १० लाख रुपैयाँ सञ्चित छ । गत वर्ष कम्पनीले २ अर्ब ५५ करोड ४५ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब १ करोड ९६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी घटेर २.४८ रुपैयाँमा सीमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३७.५२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३६०.१५ गुणा रहेको छ ।

कम्पनीको चुक्तापुँजी ७२ करोड ९९ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स