हुन्डाई फेस्टिभ डिलाइटका विजेतालाई पुरस्कार हस्तान्तरण

काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट २०८०’ का विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ ।

उक्त अफरका विजेता सुनसरीका ईन्द्रप्रसाद गुरागाईँ, कुपन नम्बर ५३ लाई लक्ष्मी हुन्डाईका बिक्री प्रतिनिधिले हुन्डाई एक्सटर, नक्सालस्थित हुन्डाई सोरुममा आयोजित कार्यक्रममा हस्तान्तरण गरेका हुन् ।

उक्त अफर अन्तर्गत हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरूले ६ लाख रुपैयाँसम्मको नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्डमार्फत थप एक लाखसम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्कि ड्र मार्फत एक जना विजेतालाई हुन्डाई एक्सटर जित्ने मौका थियो ।

यस अफरको विजेता घोषणा हुन्डाई नेपालको फेसबुकबाट लक्की ड्र मार्फत २०८१ असार ३१ गते, ११ बजे गरेको थियो । लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकहरुको आवश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याइरहेको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स