पेट्रोलियम पदार्थमा ७ किसिमको कर, प्रति सिलिण्डर ग्यासमा मात्रै २७९ रुपैयाँ कर

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा ७ प्रकारको कर लगाउँदै आएको छ । भन्सार महसुल, सडक सम्भार शुल्क, पूर्वाधार विकार कर, मूल्य स्थिरीकरण कोष, वातावरण शुल्क र मूल्य अभिवृद्धि कर गरी सात प्रकारको कर लगाएको हो ।

सरकारले लगाएको करमध्ये सबैभँदा बढी खाना पकाउने एपी ग्यासमा रहेको छ । आम उपभोक्ताको चूलो बल्ने ग्यासमा सरकारले २७८.८६ पैसा कर लगाएको छ ।

यसले आम उपभोक्तालाई सरकारले राहत दिनुको सट्टा आहातमा पारेको छ । त्यसरी नै सरकारले पेट्रोलमा ५७.७३ पैसा, डिजेलमा ४० रुपैयाँ ४१ पैसा, मट्टितेलमा १३.१२ पैसा, हवाई इन्धनमा १२.०२ पैसा कर लगाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स