हाम्रोअर्थले जनताको नैसर्गिक हकलाई सुनिश्चित गर्दै जाने विश्वास छ : चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं । हाम्रोअर्थ डटकमले चौथो वर्ष प्रवेश गरेको अवसरमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले शुभकामना सन्देश व्यक्त गरेका छन् । शुभकामना सन्देशमाफर्त उनले हाम्रोअर्थले जनताको नैसर्गिक हकलाई सुनिश्चित गर्दै जाने विश्वास व्यक्त गरेका हुन् ।

उनले भनेका छन्, ‘हाम्रोअर्थ डटकमले सत्य र निश्पक्ष सूचना प्राप्त गर्ने जनताको नैसर्गिक हकलाई आगामी दिनमा सुनिश्चित गर्दै जाने छ भन्ने विश्वास लिएको छु ।’

नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष कमलेश कुमार अग्रवालको शुभकामना सन्देश
परिसूचक मिडिया प्रालिद्वारा प्रकाशित अनलाईन समाचार माध्यम हाम्रोअर्थ डटकम चौथो वर्ष प्रवेश गरेको अवसरमा नेपाल चेम्बर अफ कमर्सका तर्फबाट धेरै धेरै बधाई एवं शुभकामना व्यक्त गर्न चाहान्छु ।

पत्रकारिताको विविधता र क्षेत्र विस्तार व्यापक हुँदै गएको छ । अनलाईन समाचार माध्यमहरुको पनि व्यापक विस्तार भईरहेको छ र आर्थिक क्षेत्र केन्द्रीत पत्रकारिताको महत्व झन बढ्दै गएको छ । यो बीचमा हाम्रोअर्थ डटकमले आर्थिक क्षेत्रमा तथ्यपरक विश्लेषणात्मक समाचार प्रकाशन गरिरहेको हामीले देखेका छौं ।

स्थापनाको छोटो समयमै दैनिक ४० हजार भन्दा बढी पाठकहरुले यसका समाचार, विश्लेषणहरुलाई नियमित हेर्दै आएका छन । हाम्रो अर्थडटकमले सत्य र निश्पक्ष सूचना प्राप्त गर्ने जनताको नैसर्गिक हकलाई आगामी दिनमा पनि सुनिश्चित गर्दै जाने छ भन्ने विश्वास लिएको छ ।

आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि राष्ट्रिय औद्योगिकरण तथा निर्यात प्रवृद्र्धन गर्न आवश्यक छ। यतातर्फ थप खोजमुलक, र सरोकारवाला निकायलाई झक्झक्याइरहन सफलता मिलोस् भन्ने पनि हाम्रोअर्थ डटकम परिवारलाई शुभकामना दिन चाहान्छु ।

अर्थतन्त्रको विस्तार, सम्पत्ती र उत्पादनका साधन माथि निजी स्वामित्व, उद्योग व्यवसायको सञ्चालन मार्फत आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्ने तर्फ यहांहरुको प्रतिवद्धताको कामना गर्दछु । मुलुकलाई आत्मनिर्भर बनाउन गम्भिर भएर सोच्नुपर्ने बेला आएको छ ।

दिगो आर्थिक विकासको लक्ष्य निर्धारण तथा अर्थतन्त्र उकास्नका लागि पहिलो सर्त भनेको आवश्यक नीतिगत स्थायीत्व हो । दिगो आर्थिक विकासको साझा लक्ष्य तय गर्न प्रभावकारी नीति र कार्यन्वयन गर्न आवश्यक छ । यो दिशामा समाचार माध्यमले निरन्तर खवरदारी गर्न आवश्यक छ । विकास र समृद्धिका लागि सरकार, निजी क्षेत्र र प्रशासनिक संयन्त्र संधै एक ठाउंमा उभिन सक्नुपर्छ । हाम्रो अर्थ डटकम परिवारलाई आगामी यात्रामा थप सफलताको कामना गर्दछु ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स