हाम्रोअर्थले नेपाली बैंकिङ बजारलाई उजागर गर्ने विश्वास छ : बैंकर्स संघका अध्यक्ष केसी

काठमाडौं । हाम्रोअर्थ डटकमले चौथो वर्ष प्रवेश गरेको अवसरमा नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले शुभकामना सन्देश व्यक्त गरेका छन् । शुभकामना सन्देशमार्फत् उनले नेपाली बैंकिङ बजारलाई उजागर गर्ने विश्वाश व्यक्त गरेका हुन् ।

शुभकामना सन्देशमा उनले भनेका छन्,‘नेपालको बैंकिङ क्षेत्र, यसको महत्व र आवश्यकता तथा यस संघबाट भएका कार्यहरूलाई विश्लेषणात्मक तथा विवेचनात्मक ढंगबाट प्रस्तुत गर्दै आएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ थप ऊर्जाको साथ नेपाली बैंकिङ बजारलाई उजागर गर्ने विश्वास लिएका छौं ।’

नेपाल बैंकर्स संघका अध्यक्ष सुुनिल केसीको शुभकामना सन्देश
हाम्रोअर्थ डटकम अनलाइन पत्रिकाले चौथो वार्षिकोत्सव मनाउन लागेको खबर पाउँदा अत्यन्तै खुशी छौ । वार्षिकोत्सवका अवसरमा हाम्रोअर्थ डटकम परिवारमा नेपाल बैंकर्स संघको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।

आर्थिक पत्रकारिताको माध्यमबाट देश र समाजमा भएका विविध पाटाहरूलाई सूचना तथा समाचारको रुपमा प्रस्तुत गर्दै आएको यो अनलाइनले समग्र अर्थतन्त्रको महत्वपूर्ण अंगको रुपमा रहेको नेपालको बैंकि क्षेत्र, यसको महत्व र आवश्यकता तथा यस संघबाट भएका कार्यहरूलाई विश्लेषणात्मक तथा विवेचनात्मक ढंगबाट प्रस्तुत गर्दै आएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ थप ऊर्जाको साथ नेपाली बैंकिङ बजारलाई उजागर गर्ने विश्वास लिएका छौं ।

अन्त्यमा, मर्यादित, जिम्मेवार र निर्भिक पत्रकारिताको माध्यमबाट हाम्रोअर्थ डटकमले मनाउन लागेको चौथो वार्षिकोत्सवको अवसरमा पुनः हाम्रोअर्थ डटकम र संस्थामा जोडिएका सम्पूर्णमा बधाई तथा आगामी दिनमा थप सफलताको लागि समेत कामना व्यक्त गर्दछौं ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स