काठमाडौं । हाम्रोअर्थ डटकमले चौथो वर्षमा प्रवेश गरेको अवसरमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमार्फत् आर्थिक पत्रकारीतामा केन्द्रित रही संचालनमा आएको छोटो अवधिमा नै अर्थतन्त्रसहित निजी क्षेत्रका मुद्दाहरुलाई सकरात्मक बाटोमा अघि बढाउन यस मिडियाले महत्वपूर्ण भूमिका निभाएको बताएका हुन् ।
उनले भनेका छन्, ‘आर्थिक पत्रकारितामा केन्द्रित रही संचालनमा आएको छोटो अवधिमा नै अर्थतन्त्रसहित निजी क्षेत्रका मुद्धाहरुलाई सरकार, नियामक निकाय, सरोकारवाला एवं आम सर्वसाधारण समक्ष पुर्याउन खेलेको भूमिका महत्वपूर्ण छ ।’
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालको शुभकामना सन्देश
‘हाम्रोअर्थ डटकम’ संचालनको चौथो वर्षमो प्रवेश गरेको अवसरमा अनलाइन परिवारलाई हार्दिक बधाई दिन चाहन्छु । आर्थिक पत्रकारितामा केन्द्रित रही संचालनमा आएको छोटो अवधिमा नै अर्थतन्त्रसहित निजी क्षेत्रका मुद्धाहरुलाई सरकार, नियामक निकाय, सरोकारवाला एवं आम सर्वसाधारण समझ पुर्याउन खेलेको भूमिका महत्वपूर्ण छ । समाचार तथा विचार सम्प्रेषणका माध्यमबाट नीतिगत सुधारका लागि गरेको योगदानका लागि समेत धन्यवाद व्यक्त गर्दछु ।
विगत करिब तीन वर्षदेखि निकै चुनौतीपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन, निजी क्षेत्रको घट्दो मनोबल उकास्न, रोजगारी बढाउन, निर्यात प्रोत्साहन गर्दै बढ्दो व्यापार घाटा न्यूनीकरण गर्नुपर्ने आजको आवश्यकता हो ।
सरकारले बजेटमार्फत लिएको ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोगी बन्ने प्रयासमा नयाँ मौद्रिक नीति रहेको महसुस निजी क्षेत्रले गरेको छ । यद्यपी उत्पादनशील क्षेत्रमा आएको निराशालाई चिर्न आगामी दिन सरकार, नियामक निकायले विशेष ध्यान दिनुपर्ने आवश्यकता छ ।
व्यापार घाटा न्यूनीकरण मात्रै होइन आयात प्रतिस्थापन गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी वस्तुहरुको प्रवद्र्धनमा जोड दिनुपर्नेछ । यसका लागि नीतिगत स्थायित्वसँगै अर्थतन्त्रसँग सम्बन्धित विद्यमान पुराना कानूनहरुमा सुधार एवं असान्दर्भिक कानूनहरुको खारेज गरी दीगो एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि अगाडि बढ्नुपर्छ ।
मुलुकको हितलाई केन्द्रमा राखेर सरकार, नियामक निकाय एवं सरोकारवालाहरुलाई नेपाल उद्योग परिसंघको सुझाव तथा गतिविधिहरुलाई समाचारको माध्यमबाट पाठकसामु पुर्याउन यो संचार माध्यमले खेलेको भूमिकाका लागि समेत धन्यवाद व्यक्त गर्दछु । साथै आगामी दिनमा पनि मुलुकको आर्थिक रुपान्तरणका लागि परिसंघका नीतिगत सुझाव एवं गतिविधिहरुलाई पाठकसामु पुर्याउन थप सहयोगी बन्ने विश्वास सहित आगामी दिनमा यसले थप महत्वपूर्ण उपलब्धि हासिल गर्ने शुभेक्षासहित शुभकामना व्यक्त गर्दछु ।
[embeddoc url=”https://www.hamroartha.com/wp-content/uploads/2024/08/cni.pdf” cache=”off”]