काठमाडौं । हाम्रोअर्थ डटकम चौथो वर्ष प्रवेश गरेको अवसरमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुभकामना व्यक्त गरेका छन् । शुभकामना मार्फत उनले समग्र अर्थतन्त्रलाई चलायमान र सुदृढ बनाउन हाम्रोअर्थ डटकमले योगदान गर्नेे अपेक्षा गरेका हुन् ।
शुभकामना सन्देशमा उनले भनेका छन्, ‘आगामी दिनमा समाजप्रति उत्तरदायित्व बहन गर्दै आर्थिक पत्रकारिता मार्फत वित्तीय चेतना अभिवृद्धि गर्न, युवामा उद्यमशीलता विकास गराउन तथा समग्र अर्थतन्त्रलाई चलायमान र सुदृढ बनाउन हाम्रोअर्थ डटकमले अझ बढी योगदान गर्नेछ भन्ने अपेक्षा गरेको छु ।’
उप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको शुभकामना सन्देश
परिसूचक मिडियाद्वारा सञ्चालित हाम्रोअर्थ डटकम तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । अर्थतन्त्रमा देखिएका समस्या, चुनौती र सुधारका पहल सम्बन्धी सूचना, विचार र विश्लेषण प्रस्तुत गर्दै सरकार र निजी क्षेत्रले गरेका समग्र आर्थिक सुधारका क्रियाकलापहरूलाई जनतासमक्ष सम्प्रेषण गरी सकारात्मक आर्थिक वातावरण सिर्जना गर्नमा आर्थिक पत्रकारिताको महत्वपूर्ण भूमिका रहन्छ । यो क्षेत्रमा यस अनलाइनले विगतमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ परिष्कृत र परिपक्व रुपमा प्रस्तुत हुनेछ भन्ने विश्वास लिएको छु ।
आगामी दिनमा समाजप्रति उत्तरदायित्व बहन गर्दै आर्थिक पत्रकारिता मार्फत वित्तीय चेतना अभिवृद्धि गर्न, युवामा उद्यमशीलता विकास गराउन तथा समग्र अर्थतन्त्रलाई चलायमान र सुदृढ बनाउन हाम्रोअर्थ डटकमले अझ बढी योगदान गर्नेछ भन्ने अपेक्षा गरेको छु ।
अन्त्यमा, चौथो वार्षिकोत्सवका अवसरमा हाम्रोअर्थ परिवारको उत्तरोत्तर प्रगतीको लागि शुभकामना व्यक्त गर्दछु ।