वेस्टमिन्स्टर कलेजमा भएको पब्जी टुर्नामेन्टको उपाधि ‘सम्धी ई–स्पोर्टस्’लाई

काठमाडौं । कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि सम्धी ई–स्पोर्टस् टिमले जितेको छ । तीन दिनसम्म कलेज हातामा भएका खेलहरुसँगै सम्धी तालिकामा सर्वाधिक अंकसहित उपाधि जित्न सफल भएको हो ।

प्रतियोगितामा जम्मा १८ टिमको सहभागिता रहेको थियो । हरेक टिमले ९–९ वटा खेल खेल्दा सम्धी ८५ अंक सहित विजेता बन्न सफल भएको हो । विजेता टिमले ट्रफि, सर्टिफिकेटसहित नगद ३७ हजार रुपैयाँ प्राप्त गरेको छ ।

प्रतियोगितामा टुगेदर वि डोमिनेट टिम फस्र्ट रनरअप बन्न सफल भयो । रनरअप टिमले सर्टिफिकेटसहित २४ हजार रुपैयाँ प्राप्त गरेको छ । त्यस्तै, सेकेन्ड रनरअपको उपाधि रेकर्सले प्राप्त गरेको छ । रेकर्सले सर्टिफिकेटसहित १४ हजार रुपैयाँ प्राप्त गरेको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सुजन राई बन्न सफल भए ।

उनले सर्टिफिकेट सहित नगद ५ हजार रुपैयाँ प्राप्त गरेको छ । विजेताहरुलाई कलेजका प्रिन्सिपल अरुणलाल जोशी तथा ‘रश्मेकास्ट’का रश्मा महराले पुरस्कार प्रदान गरे । कार्यक्रमपछि प्रतिक्रिया दिदै वेस्टमिन्स्टरका कलेजका प्रिन्सिपल जोशीले भने, ‘यो कार्यक्रम कलेजका विद्यार्थीहरुबीच ई–स्पोर्टस् खेललाई प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरिएको हो । विद्यार्थीहरुको सर्वाङ्गीण विकासको लागि भविष्यमा पनि यस्ता कार्यक्रमहरुको आयोजना गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

प्रतियोगिताको व्यवस्थापन टेनेट्स गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स