नेपाल टेलिकमको सेवा चार घण्टाका लागि बन्द हुने, यस्तो छ कारण

काठमाडौं । नेपाल टेलिकमको सेवा आज राति चार घण्टाका लागि बन्द हुने भएको छ ।

टेलिकमले एक सूचना जारी गर्दै बिलिङ प्रणाली स्तरोन्नति गर्नका लागि चार घण्टा सेवा बन्द हुने जनाएको हो ।

टेलिकमले विलिङ प्रणाली स्तरोन्नति कार्यका लागि आज बिहीबार राति ११ बजेदेखि करिब चार घण्टा रिचार्ज सेवा अवरुद्ध हुने जनाएको छ।

उक्त समयमा ब्यालेन्स रिचार्ज र डाटा प्याकेज खरिदसहितका सेवाहरु प्रभावित हुने छ भने मोबाइल भ्वाइस, डाटा, एसएमएस लगायतका सेवा भने यथावत संचालन हुने सूचनामा उल्लेख गरिएको छ ।

अन्य कुनै सेवासम्बन्धी समस्या भएमा १४९८ र १९८ मा डायल गरी बुझ्न सकिने छ ।

यसबाट ग्राहकवर्गमा पर्न जाने असुविधा प्रति कम्पनीले क्षमा मागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स