एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको लाभांश घोषणा

काठमाडौं । एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले गत आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ ।

योजना व्यवस्थापक तथा डिपोजिटरी एनआईसी एशिया क्यापिटलको साउन १६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैठकले डाईनामिक डेप्ट फण्डका इकाईधनीहरूलाई १० प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले लाभांश वितरण प्रयोजनार्थ साउन १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ, साउन १६ गतेसम्म कायम इकाईधनीहरू मात्रै उक्त लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

इच्छुक इकाईधनीहरुले पुनः लगानी गर्न साउन ३२ गतेसम्म आफ्नो नाम दर्ता गर्नुपर्ने क्यापिटलले जनाएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स