काठमाडौं । नेपाल फ्रेट फरवार्ड एशोसिएसन नेपाल (नेफा)ले इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेललाई सम्मान गरेको छ । भन्सार सहजीकरण एवं लजिस्टिक क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै कदर स्वरुप गजुरेललाई सम्मान गरिएको हो ।
गजुरेललाई ३० औं कार्गो दिवसको अवसरमा सम्मान गरिएको एशोसिएसनले जनाएको छ । सरकारी र गैरसरकारी क्षेत्र अर्न्तगत रहेर योगदानको कदर गर्दै नेफा राष्ट्रिय अवार्डबाट सम्मान गरिएको संस्थाले उल्लेख गरेको छ ।
यातायात इन्टरमोडल समितिका कार्यकारी निर्देशक गजुरेलले आफ्नो कार्यकालमा चोभार सुख्खा बन्दरगाहको सफलता पूर्वक निर्माण सम्पन्न गरी व्यवसायिक सञ्चालन गरिरहेका छन् । साथै, उनले वीरगंज, काकडभित्ता लगायतका ८ वटा पोर्टमा निजी क्षेत्रको सहभागितामा सञ्चालन एवं व्यवस्थापन गरिरहेका छन् ।
विभिन्न पोर्ट निर्माण एवं व्यवसायिक सञ्चालन गरी भन्सार राजश्व सुधार एवं वृद्धि गर्न तथा बन्दरगाहको पूर्वाधार विकास र आधुनीकिकरण गर्न गजुरेलको भूमिका उल्लेख्य छ । भन्सारको आधुनीकिरण र अन्तराष्ट्रिय व्यापार सहजीकरणका लागि पुर्याएको योगदान स्वरुप गजुरेललाई सम्मान गरिएको नेफाले उल्लेख गरेको छ ।