एशियन लाइफ इन्स्योरेन्सको २ लाख ७१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीका केहि संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको २ लाख ७१ हजार ४६ कित्ता सेयर बिक्रीमा राखिएको हो ।

कम्पनीले सेयरको मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकेको छ ।

उक्त सेयर खरिद गर्न इच्छुक हाल कायम संस्थापक सेयरधनीलाई प्राथमिकता दिएकोमा कुनै पनि सेयरधनीले खरिद नगरेकाले सर्वसाधारणलाई बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।

उक्त सेयर खरिद गर्न इच्छुक सर्वसाधारण तथा संगठित संस्थाले १५ दिनभित्र कम्पनीको केन्द्रीय मैतीदेवी काठमाडौंमा निवेदन दिन सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स