विप्लवद्वारा देशव्यापी आन्दोलनको घोषणा, यस्ता छन् ६ दिने आन्दोलनका कार्यक्रम

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (विप्लव)ले देशव्यापी आन्दोलनको घोषणा गरेका छन्।

पेट्रोलियम पदार्थ मूल्यवृद्धिको विरुद्धमा विप्लव समूहले देशैभर ६ दिने विरोध कार्यक्रम घोषणा गरेको हो ।

जस अनुसार आज २५ गते देशव्यापी विरोध गर्ने, २६ गते मशाल जुलुस निकाल्ने, २७ गते दिउँसो १ देखि २ बजेसम्म देशव्यापी प्रदर्शन गर्ने, २८ गते बिहान १० देखि ११ बजेसमम चक्काजाम गर्ने, २९ गतेदिउँसो सिट्ठी जुलुस र साँझ मसाल जुलुस निकाल्ने जनाइएको छ ।

अन्तिम दिन ३० गते नेपाल बन्द गर्ने कार्यक्रमसमेत विप्लव समूहले तय गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स