कञ्चनपुर होटल व्यवसायी संघको अध्यक्षमा रेग्मी

कञ्चनपुर । कञ्चनपुर होटल व्यवसायी संघको अध्यक्षमा रामचन्द्र रेग्मी चयन भएका छन् । संघको शनिबार सम्पन्न २७औं वार्षिक साधारणसभा तथा १६औं जिल्ला अधिवेशनबाट अध्यक्षमा रेग्मी सर्वसम्मत चयन भएको हो ।

अध्यक्ष चयन भएपछि रेग्मीले होटल व्यवसायीको हकहितमा काम गर्ने प्रतिबद्धता जनाए । उनले होटल व्यवसायलाई आगामी दिनमा मर्यादित पेसाका रुपमा अगाडि बढाउन उत्सुक रहेको बताए ।

अधिवेशनबाट संघको प्रशासन उपाध्यक्षमा आत्माराम खनाल, पर्यटन उपाध्यक्षमा कैलाश कार्की, महासचिवमा नवराज जोशी, सचिवमा डम्बरबहादुर खडका, कोषाध्यक्षमा शिव भण्डारी र सहकोषाध्यक्षमा नैनसिंह बोहरा चयन भएका छन् ।

सदस्यहरुमा मुक्तिमाया श्रेष्ठ, कृष्ण राना, धनबहादुर रावत, गौरव भट्ट, सञ्जयकुमार भट्ट, रमेशबहादुर रावल, तपेन्द्रकुमार रोकाया चयन भएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स