आइएमई र जिएमई रेमिटले साउन ३० गतेबाट एकीकृत कारोबार सुरु गर्ने

काठमाडौं । आइएमई लिमिटेड र जिएमई रेमिट प्रा.लि. बीचको एकीकृत कारोबार साउन ३० गतेदेखि हुने भएको छ । जिएमई रेमिटलाई गाभेर ‘आइएमई लिमिटेड’ को नामबाट दुवै कम्पनीले एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।

गत जेठ ९ गते सम्पन्न दुईवटै कम्पनीको विशेष साधारण सभाले एकआपसमा गाभ्ने विशेष प्रस्ताव पारित गरेका थिए ।

यी दुवै कम्पनीलाई नेपाल राष्ट्र बैंकले साउन २ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले साउन ४ गते एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स