सेयर कर्जाको सीमा खारेज, अब के होला?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर कर्जा सीमा खारेज गरेको छ । चालू आर्थिक वर्षको मौद्रिक नीति मार्फत राष्ट्र बैंकले सीमा खारेज गरेको हो ।

गभर्नर महाप्रसाद अधिकारीले आफूले लगाएको सीमा खारेज गरेका हुन् । सेयर धितो कर्जामा अधिकतम सीमा तोकिएको थियो ।

पछिल्लो समय सेयर बजारको सूचक बढिरहेको अवस्थामा यस व्यवस्थाले अझै साथ दिने भएको हो ।

सेयर धितो कर्जामा अधिकतम सीमा २० करोड रुपैयाँको रहेको थियो ।

मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पुँजीबजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरूका लागि बैंक तथा वित्तीय संस्थाहरूले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोड रुपैयाँको सीमा खारेज गरिनमौद्रिक नीतिमा उल्लेख छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स