राष्ट्रपतिको पहिलो तथ्यांक लिएर १२ औं राष्ट्रिय जनगणना प्रारम्भ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो विवरण सङकलन गर्दै आजबाट देशभर १२ औं राष्ट्रिय जनगणना प्रारम्भ भएको छ ।

शीलत निवासस्थित राष्ट्रपति कार्यालयमा तथ्यांक विभागका गणकहरु पुगेर राष्ट्रपतिको पारिवारिक तथ्यांक संकलन गरी राष्ट्रिय जनगणना– २०७८ को प्रारम्भ गरिएको हो ।

तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले राष्ट्रपति भण्डारीको पहिलो तथ्याङक लिएर राष्ट्रिय जनजणना– २०७८ को औपचारिक शुभारम्भ गरिएको बताए ।

उनका अनुसार राष्ट्रपतिलाई जनगणनाको तथ्याङकमा रहेका ८० वटा प्रश्न सोधिएको थियो ।

तथ्यांक विभागका अनुसार राष्ट्रपतिपछि आजै प्रधानमन्त्री शेरबहादुर देउवाको पारिवारिक तथ्यांक संकलन गरिने छ । यसरी आजबाट देशभर राष्ट्रिय जनगणना– २०७८ सुरु भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स