राष्ट्रिय वाणिज्य बैंकको उप कार्यकारी अधिकृतमा राम कुमार थापा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका मुख्य प्रबन्धक राम कुमार थापालाई बैंकको रिक्त रहेको तह ११ को उप कार्यकारी अधिकृत पदमा बढुवा गरिएको छ ।

बैंकको साउन ३ गते बसेको सञ्चालक समितिको बैंठकले थापालाई उप कार्यकारी अधिकृत पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

२०५४ सालमा शाखा अधिकृत(तह ७) को रुपमा तत्कालिन एनआइडिसी डेभलपमेन्ट बैंक(हाल राष्ट्रिय वाणिज्य बैंकमा गाभिएको)मा सेवा प्रवेश गरेका थापाले व्यवस्थापन विषयमा एमफिल उत्तीर्ण गरेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स