काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य २४ सय रूपैयाँले घटेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार ४ सय रुपैयाँ कायम भएकोमा आज २ हजार ४ सय रूपैयाँले घटेर १ लाख ४५ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १८ सय ५ रुपैयाँ कायम भएकोमा आज ५५ रूपैयाँले बटेर १७ सय ५० रूपैयाँ कायम भएको छ ।