सपोर्ट लघुवित्तको नाफा २ करोड ३८ लाख, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

कम्पनीले असार मसान्तसम्ममा २ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ७५.०२ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

कम्पनीको खुद ब्याज आम्दानी पनि १८.१९ प्रतिशतले बढेर ८ करोड २९ लाख रुपैयाँ पुगेको छ । संस्थाको कर्मचारी खर्च ५ करोड ३९ लाख र अन्य सञ्चालन खर्च २ करोड ४० लाख रुपैयाँ रहेको छ । संस्थाको सञ्चालन मुनाफा पनि बढेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म १ करोड १ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा बढेर २ करोड ९७ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो आवको चौथो त्रैमाससम्म ४ करोड २३ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार बढेर ५ करोड ३३ लाख रुपैयाँ पुगेको छ । संस्था खराब कर्जा अनुपात घटाउन सफल भएको छ । संस्थाको खराब कर्जा अनुपात १.८३ प्रतिशतबाट घटेर १.६३ प्रतिशतमा सीमित बनेको छ । संस्थाले सम्भावित घाटाका लागि ९ लाख ७३ हजार रुपैयाँ छुट्टाएको छ ।

संस्थाले समीक्षा अवधिसम्म ३४ करोड ९१ लाख निक्षेप संकलन र १ अर्ब ६६ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी २२.१६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४९.५५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ७२९.०९ रुपैयाँ,मूल्य आम्दानी अनुपात ८३.९५ गुणा र तरलता अनुपात १५.९८ प्रतिशत कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स