नेशनल लाइफ इन्स्योरेन्सद्वारा साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले ३६ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले सभा आगामी भदौ ७ गते काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान १०ः३० बजे डाकेको हो ।

सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित चुक्तापुँजी ५ अर्ब १ करोड १६ लाख ६६ हजार ४२५ रुपैयाँको कुल १४ प्रतिशत लाभांश पारित गर्नेछ। जसमा १० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर छ।

सभाले नगद लाभांश र बोनस सेयरबापतको कर प्रयोजनका लागि ३ करोड ६९ लाख २८ हजार ६८.३९ रुपैयाँ नगद लाभांश पनि पारित गर्ने छ। त्यस्तै सभाले कम्पनी ऐन, २०६३ को दफा १०५ (१)ग बमोजिम आव २०७९र८० मा भएको खर्च अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

सभाबाट आव २०७९/८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि पारित हुनेछ। यसका साथै सभाले आव २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक पनि निर्धारण गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले आगामी साउन २४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ साउन २३ गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीको प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स