अख्यितारले पत्र काटेको पाठकलाई खाद्य व्यवस्था कम्पनीको सीईओमा नियुक्ति दिइँदै

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतमा कविप्रसाद पाठकलाई नियुक्ति दिइँदै छ । सोमबार बस्ने मन्त्रीपरिषद्को बैठकले अख्तियारले प्रश्न उठाएर पत्र समेत काटेको पाठकलाई नियुक्ति दिन लागिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले झापा स्थायी घर भएका पाठकलाई नियुक्ति दिने निर्णय गर्ने तयारी गर्न यस अघि नै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई निर्देशन दिइसकेका छन् ।

ओलीको निर्देशन पाएका भण्डारीले सोहि अनुसारको तयारी पुरा गरेका छन् । त्यसको जानाकारी समेत ओलीलाई दिइसकेका छन । सोमबार मन्त्रीपरिषद्को बैठक बस्दै छ । उनलाई निर्विकल्प नियुक्ति दिने तयारी छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सीईओको लागि आफ्नो जिल्लावासी र पार्टीको सदस्यता नै लिएका कविप्रसाद पाठकलाई सिफारिस गरिएको बुझिएको छ ।

पाठकले पनि आफू सीईओ भएपछि आर्थिक सहायता समेत बुझाउने बचनवद्धता दिएका छन् । अर्थात् उनले स्रोत सुनिश्चितता नै गरेका छन् । त्यसकारण मन्त्रीपरिषद् बैठकमा प्रस्ताव पेश हुनु अघि नै पाठकको नियुक्ति पक्का गरिएको हो ।

सीईओको लागि १८ जनाको आवेदन छ ।
ओलीले खाद्यको सीईओको लागि सिफारिस गरिसेका पाठक भने निकै विवादित व्यक्ति हुन् । राष्ट्रिय बीमा संस्थानका प्रमुख प्रशासक कवि प्रसाद पाठकविरुद्ध अख्तियारमा उजुरी परेको थियो । जुन उजुरी अहिले पनि कायम रहेको छ । उनी विरुद्ध गरेको उजुरी ७७७८ सी–०२४१३) नम्बरमा दर्ता छ ।

अख्तियारमा उजुरी पर्ने वित्तिकै कार्यान्वयनमा आउदैन । अख्तियारले उजुरी निकै विश्वास लागेको खण्डमा मात्रै कारवाहीको प्रक्रिया अघि बढाउँछ ।

पाठकको विषयमा भने तत्कादै ‘फलोअप’ गरेको थियो । कारवाहीको प्रक्रिया समेत अघि बढाएको थियो ।
तर त्यससमयमा कारवाही प्रक्रिया अघि नबढ्नुमा केपी नै कारक देखिएका थिए । ओली नै प्रधानमन्त्री भएको र कारवाही हुँदैछ भन्ने जानाकारी आएपछि रोकेका थिए ।

उनी राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख प्रशासक हुँदा नियम विपरित सेवा सुविधा थप गरि लिएको सरकारी स्रोतको दुरुपयोग गरेको उजुरीमा उल्लेख छ । जुन विषय अख्तियारले अर्थमन्त्रालय हुँदै प्रश्न समेत गरेको थियो । त्यससमय ओलीकै निर्देशनमा कारवाही प्रक्रिया भने रोकिएको थियो ।

तर उनले सरकारी स्रोतको दुरुपयोग गरेको विषय टुंगिएको भने छैन । २०७७ फागुनमा उनलाई अख्तियारले पत्र समेत काटेको थियो ।

पाठकले तत्कालिन राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ तथा उक्त ऐन अन्तर्गत बनेको राष्ट्रिय बीमा संस्थान कर्मचारी नियमावली २०७५ ले तोकेको सेवा सुविधा तथा तलबभत्ता पनि लिएको र त्यसभन्दा बाहेक संस्थानका सिनियर स्थायी कर्मचारीले लिने सेवा सुविधा पनि लिएको पाइएको हो ।

साथमा सरकारी थप स्रोतको समेत दुरुपयोग गरेको विषयमा अख्तियारले करवाहीको प्रक्रिया अघि बढाएर स्थगित गरेको थियो ।

पाठक कृषि विकास बैंकमा लामो समय काम गरेका व्यक्ति हुन् । राष्ट्रिय बीमा संस्थानको प्रशासकमा २०७५ जेठमा नियुक्त भएका थिए । त्यस समयमा पनि एमाले अध्यक्ष ओली कै निर्देशनमा उनले प्रमुख प्रशासकको जिम्मेवारी पाएका थिए । तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाको सिफारिसमा मन्त्रिपरिषद् उनलाई नियुक्ति दिएको थियो ।

के थियो अख्यितारको पत्रमा
‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र संख्या २ अर्थ ३०६।०७७–७८ चलानी नम्बर डीआईभी २–१६४०३ पत्रबाट राष्ट्रिय बीमा संस्थानका प्रशासक कविप्रसाद पाठकले करारनामामा उल्लिखित आफूले पाउने तलब र भत्ताबाहेक राष्ट्रिय बीमा संस्थानमा कार्यरत अन्य स्थायी कर्मचारीहरुले पाउने सुविधा समेत दोहोरो रुपमा लिएको भन्ने उजुरीका सम्बन्धमा छानबिन गरी आवश्यक कारबाहीका लागि लेखिआएकोमा निजले प्रशासक पदमा नियुक्ति पाएको मितिदेखि हालसम्म त्यस संस्थानबाट के–के सुविधा लिनुभएको छ, सोको यथार्थ विवरण पठाइदिनुहुन आदेश छ ।’

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स