एनआईसी एशिया लघुवित्तको सीईओमा चोलराज शर्मा नियुक्त

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चोलराज शर्मा नियुक्त भएका छन् ।

लघुवित्तको साउन ६ गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई साउन ७ गतेबाट लागू हुने गरि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यकाल चार वर्षसम्म हुने छ ।

यसअघि एनआईसी एशिया बैंक लिमिटेडबाट डप्युटेड भई लक्ष्मण चालिसेले २०७७ कात्तिक ४ गतेदेखि सीईओको कार्यभार सम्हाल्दै आएका थिए । यसैबीच बैंकले साउन ६ गतेदेखि लागू हुने गरी चालिसेलाई फिर्ता बोलाएपछि कम्पनीले सीईओमा शर्मालाई नियुक्त गरेको हो ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स