सहसचिव बरालले पाए धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय भन्सार कार्यालयका प्रमुख (सहसचिव) महेश बरालले नेपाल धितोपत्र बोर्डको संचालक समिति अध्यक्षको जिम्मेवारी पाएका छन् । बराललाई बोर्ड सदस्य बनाउँदै अर्को व्यवस्था नभएसम्मका लागि बोर्ड अध्यक्षष्को जिम्मेवारी समेत दिईएको अर्थमन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री बिष्णु पौडेलले बराललाई बोर्ड अध्यक्षको पद तथा गोपनियताको सपथ ग्रहण गराएर बोर्डमा पदबहाली गरार्यसकेका छन् । अर्थमन्त्रालयको साउन २ गतेको निर्णयानुसार सहसचिव बराल बोर्डको संचालक सदस्य तथा अध्यक्ष बनेका हुन् ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ मा नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्षको हैसियतमा काम गर्ने व्यवस्था बमोजिम उनि अध्यक्ष भएका हुन् ।

बोर्ड अध्यक्ष बराललाई बोर्डका उच्च पदस्थ कर्मचारी सहित सम्पूर्ण कर्मचारीहरूले स्वागत गरी उनको सफल तथा सुखद कार्यकालको शुभकामना प्रदान गरेका छन् ।

बोर्ड अध्यक्ष बरालले स्वागत कार्यक्रममा सूचीकृत संगठित संस्था तथा बजार सहभागीहरूको संस्थागत सुशासन, बोर्ड तथा बोर्डमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि, बजारको विकास, विस्तार र स्थायित्वमा जोड दिँदै सम्पूर्ण कर्मचारीहरूलाई तोकिए बमोजिमको जिम्मेवारी निर्भिकतापूर्वक सम्पादन गर्न निर्देशन समेत दिए ।

तत्कालिन अर्थममन्त्री बर्षमान पुनले नरेन्द्र कुमार रानालाई बोर्ड अध्यक्षको जिम्मेवारीसहित खटाएका थिए । अर्थमन्त्री परिवर्तनसँगै रानालाई फिर्ता बोलाएर बराललाई अध्यक्षको जिम्मेवारी दिईएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स