द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन

काठमाडौं । द्वारिकाज होटल तथा रिसोर्टकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ ।

श्रेष्ठको ९१ वर्षको उमेरमा बिहीबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो ।

निमोनियाबाट पीडित श्रेष्ठ दुई महिनायता उपचाररत थिइन् । उनको भोलि शुक्रबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ ।

६५ वर्षदेखि होटल तथा पर्यटन उद्योगमा सक्रिय श्रेष्ठले सन् १९९१ देखि पूर्ण रूपमा द्वारिकाजको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।

श्रेष्ठ फेडेरेसन अफ बिजनेस एन्ड प्रोफेसनल विमिन नेपालकी संस्थापक अध्यक्ष र नेपाल हेरिटेज सोसाइटीकी अध्यक्ष समेत थिइन् । उनी टानको संस्थापक अध्यक्ष पनि हुन् ।

उनी गोर्खा दक्षिणबाहु चौथो, त्रिशक्तिपट्ट, स्पेनबाट गोल्डेन माइक लगायतका पदकबाट सम्मानित भएकी छिन्।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स