काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा केशवकुमार पौडेल चयन भएका छन्।
कम्पनीको साउन १ गते बसेको सञ्चालक समितिको बैठकले साविक सबैको लघुवित्तका सीईओ पौडेललाई कम्पनीको सीईओ र सचिवको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।
२०४९ सालमा निर्धन लघुवित्त वित्तीय संस्थावाट सेवा प्रवेश गरेका पौडेलसँग विभिन्न लघुवित्त वित्तीय संस्थाहरुमा विभिन्न पद हुँदै प्रमुख कार्यकारी अधिकृत पदमा रहेर कार्यानुभव छ।
साधना लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ३० गतेबाट एकीकृत कारोबार सुरु गरेका छन् । दुवै संस्थाले मर्जरपश्चात बनेको ‘सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकीकृत कारोबार सुरु गरेका हुन् ।
मर्जरपश्चात बनेको सम्पदा लघुवित्त वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय हाल सबैको लघुवित्त वित्त्रीय संस्थाको कार्यालय रहेको स्थान बन्दीपुर गाउँपालिका –१ डुम्रे तनहुँमा रहने छ ।