बढ्यो दुवै सुनचाँदीको मूल्य, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । सोमबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले बढेको छ ।

आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले बढेर १ लाख ४६ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १८ सय ७५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १८ सय ८५ रूपैयाँ कायम भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स