युनिसेक्स सैलुनमा परिचित नामी स्टुडियो, उत्पादन गर्दैछ स्वरोजगार

काठमाडौं । नमिता शर्मा बच्चादेखि नै नक्कली । राम्री भएर हिड्नु पर्ने । यस्तो उमेरमा के मेकअप गरेको होला भन्नेहरु पनि थिए ।

तर, मनमा लागेको छोडिनन् । कसरी राम्रो बन्ने त्यो सिक्न चाहन्थिन् । अरुले लगाएको कपडा होस् वा मेकअप उनलाई चित्त बुझ्दैनथ्यो । यसरी लगाएको भए हुन्थ्यो की भन्ने हेक्का सानैदेखि गर्दथिन् ।

आफुलाई लागेको काम उनी अन्य बच्चाहरुलाई गरिदिन्थिन् । नमिता भन्छिन्, ‘बच्चा बेलादेखिनै गाउँभरीका बच्चाहरूको कपाल काटिदिने कपाल मिलाई दिने गर्थे । विवाह, पार्टी अन्य कतै जानुपरेको अवस्थामा पनि ममिको कपाल मिलाई दिने, ओठको सेभ मिलाई लिबिस्टिक गाँजल लगाई दिने गरिदिन्थे ।’

त्यसैले पनि होला उनले आफ्नो पेशा नै ब्युटी पार्लर रोजिन् । २० वर्ष यो क्षेत्रमा बिताएकी उनी अहिले स्थापित भैरहेकी छन् ।
नेपालको सन्दर्भमा पनि पछिल्लो दशकमा फस्टाएको व्यवसायमा पर्छ ब्युटी पार्लर क्षेत्र ।

पहिरन मिलाएर लगाउन तथा शृंगारका सामान कसरी लगाउने यसका कला सिकाउने ठाउँ हो । त्यती मात्रै नभई कपालको सुन्दरता कायम गराउने पनि यस ठाउँबाट नै हो । अनुहारको छालामा भएका समस्या हटाउन तथा सुन्दरता कायम गराउन यो क्षेत्रको महत्व निकै बढिरहेको छ ।

ब्युटी पार्लरको पनि विभिन्न तह तप्काहरु रहेका हुन्छन् । त्यसमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको नाम हो, लुजा । महिला तथा पुरुष दुवैको लागि काम गर्दै आइरहेको छ । यसको पछिल्लो नाम ‘नामी स्टुडियो बाई लुजा’ हो । यसकै संचालक हुन् नमिता शर्मा ।

कमलपोखरी रहेको नामी स्टुडियो बाइ लुजामा ब्रईडल सम्बन्धि धेरै मेकअपको सर्भिस लिन सकिन्छ । यहाँ हातमा मेहेन्दी लगाउने आँखामा आईब्रो बनाउने साथै नयाँ टे«न्डको फेसियाल लगायत धेरै स्कीनहरूमा प्रोटिन दिने गरिन्छ । यस्ता कामको लागि यो उपत्यकामा नै निकै चर्चित बन्दै गैरहेको छ ।

आफ्नो सेवाको अलवा यसले गर्ने अर्को महत्वपूर्ण काम हो, तालिम । साथै फेसियाल, मेनिकियार, लगायत ब्युटी सम्बन्धि ट्रेनिङहरू पनि हो । तालिमको कामलाई यसले निकै महत्वका साथ अघि बढाइरहेको छ ।

विशेष गरी लुजामा एक महिनामा कोष कम्पलिट हुनेगरी १५ हजारमा लेडिज र जेन्सको कपाल कटिङको ट्रेनिङ लिन सकिनेछ । २५ हजारमा ब्राइडल मेकअप लगायत धेरै ब्युटी सम्बन्धि ट्रेनिङ लिन सकिन्छ । ब्युटिसियन नमिता शर्माले ब्राइडल मेकअप मात्र भएर हुँदैन त्यसकारण पनि हामीले २५ हजारमा छुटै प्रोफेसनल मेकअप र प्रोफेसनल हेयार स्टाइल पनि सिक्न सकिने बताइन् ।

अहिल्ये जेल नेल पनि अफर रहेको छ । लेडिज र जेन्स दुवैजनाले आएर यहाँ ट्रेनिङ लिन सकिन्छ । ब्युटी पार्लर खोलेर आत्मनिर्भर बन्न चाहानेहरूको लागि छ महिनाको ब्युटी सम्बन्धि ट्रेनिङ पनि संचालन भइरहेको छ ।

आफ्नो अफिसमा दिने सेवा र तालिम भन्दा बाहेकको पनि काम गर्दै आएको छ । ब्युटी स्टुडियो लुजाले होम सर्भिस, फेसन सोहरूमा रिर्सट लगायत विभिन्न काम गर्दै आएको छ । विभिन्न ठाउँहरूमा गएर मेकअपको सर्भिस दिने गरेको छ । यसका संचालक नमिता शर्मा भन्छिन् , ‘मेकअपको लागि यही आउनुपर्छ भन्ने छैन, कष्टुमरलाई कसरी सहज हुन्छ, त्यसरी नै हामी सर्भिस दिदै आएका छौं । काठमाडौं बाहिरबाट पनि हामीलाई सम्पर्क गर्नु भएको अवस्थामा हामी सर्भिस दिन तयारी र्छौ ।’

यहाँ केटाहरूको पनि कपाल काट्ने, फेसियल, मेनिकियर, कपालमा केराटिङ लगायन महिला पुरुष दुवैको लागि सर्भिस लिन सकिन्छ । लामो समयदेखि यही क्षेत्रमा काम गरेको भएर धेरैकुराको जानकारी लिन पाएको उनको भनाई छ । उनी भन्छिन्,‘ मैले कष्टुमरलाई धेरै कुराहरू सिकाउने मौका पाए र कष्टुमरहरूले पनि मलाई धेरै कुरा सिकाउनु भयो । त्यसकारण पनि नामी स्टुडियो लुज एकदमै राम्रो रहेको छ ।’

नेपाल बाहिर विदेशदेखि पनि प्रोफेसनल मेकअप आटिसहरूनै आएर माइक्रो लेभिङको टे«निङ लगायत विभिन्न मेकअप सम्बन्धि ट्रेनिङ लिएका छन् । मैले यति नै भन्ने छैन व्यवसायीक मान्छेहरूदेखि ब्युटिसियन सम्बन्धि केही पनि जानकारी नभएको भर्खरको सिकारुहरू सबैलाई ट्रेनिङ दिएको छ ।

उनी भन्छिन्, ‘हरेक व्यापार व्यवसाय सुरु गर्न सजिलो छ । तर संघर्ष गरेर यो स्तरमा टिकाउनु भनेको एकदमै गारो हुन्छ । हाम्रो समयमा समाजिक संजाल थिएन, अहिले त सामाजिक संजालबाट पनि धेरै जानकारी दिन सकिन्छ ।’

अहिले उनी १० देखि १२ जना स्टाफ राखेर काम गरि रहेकी छन् । नामी ब्युटी पार्लमा प्रडक्ट राम्रो छ यहाँको कर्मचारी राम्रो छन् । यस्तै यस्तै प्रतिक्रिया उनी सुनिरहेकी हुन्छिन् । उनी भन्छिन्,‘पहिलाको भन्दा धेरै राम्रो भएको ग्राहक बताउँछन् । त्यो देख्दा धेरै खुशी लाग्छ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स