सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य १८ सय रूपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ९ सय रुपैयाँ कायम भएकोमा आज १ हजार ८ सय रूपैयाँले बढेर १ लाख ४६ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १८ सय ८५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १९ सय रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स